सरकारले सुकुम्बासीलाई ‘अलपत्र’ पार्न लागेको भन्दै प्रदर्शन
annapurnapost.com · Sat Jun 27 11:01:29 GMT 2026

काठमाडौं : सुरक्षित पुनः स्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुरक्षित पुनः स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले पटक–पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनः स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)