मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत

ratopati.com · Mon Jun 22 06:24:47 GMT 2026

काठमाडौँ । केप भर्डेले विश्वकप इतिहासमा आफ्नो दोस्रो अंक हासिल गरेलगत्तै भोजिन्हा सिधै दर्शकदीर्घातर्फ फर्किए र मुस्कुराउँदै हात उठाएर एक अत्यन्त विशेष व्यक्तिसँग खुशी साटे ।

ती विशेष व्यक्ति अरु कोही नभएर उनकी प्रिय आमा थिइन्, जो केप भर्डेको झण्डा फहराउँदै खुसीमा झुमिरहेकी थिइन् ।

अघिल्लो खेलमा भने भोजिन्हाले आमासँग मिलेर खुसी साट्न पाएका थिएनन् । उनकी आमा आना कान्दिदा एभोरा अमेरिकामा प्रवेशका लागि आवश्यक भिसाको खर्च जुटाउन नसकेकाले छोराको पहिलो विश्वकप खेल केप भर्डेमै बसेर हेर्न बाध्य भएकी थिइन् ।

पछि उनको जीवनकथा सामाजिक सञ्जालमा भाइरल बन्यो र विश्वभरका मानिसहरूको मन छोयो । त्यसपछि सम्बन्धित निकायहरूको पहलमा उनलाई विशेष अनुमति दिएर अमेरिका प्रवेश गराइयो, ताकि उनी आफ्नो छोरासँग हुन सकून् ।

अन्ततः आमा र छोरा दुवैले सँगै उत्सव मनाउने अवसर पाए । ४० वर्षको उमेरमा भोजिन्हाले आफ्नो जीवनकै सबैभन्दा सुन्दर दिन अनुभव गरे ।

अब यसपछि जे भए पनि, भोजिन्हा र आनाले आफ्नो जीवनमा जित्नुपर्ने धेरै कुरा जितिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)