माइत हिँडेकी कल्पना निस्ती खोलाले बगाएपछि बेपत्ता
kendrabindu.com · Mon Sep 14 05:38:04 GMT 2026

गुल्मी । माइत जाने क्रममा निस्ती खोला तर्न लागेकी गुल्मीकी एक महिला खोलाको तीव्र बहावमा बगेपछि बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोलाले मुसिकोट नगरपालिका–इन्द्रेगौंडाकी २९ वर्षीया कल्पना पुनलाई बगाएको हो।
पुन इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाने क्रममा आइतबार साँझ खोला तर्दै थिइन्। सोही क्रममा उनलाई खोलाले बगाएको खबर पाएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)