रिटर्नी फेडेरेसनद्वारा बाढी प्रभावित विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
nepalpress.com · Mon Sep 14 05:38:13 GMT 2026

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले नुवाकोटको तारकेश्वर- २, तारुकाघाटस्थित बाढी प्रभावित गणेशमान सिंह स्मृति आधारभूत विद्यालयलाई करिब रु. १ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
बाढीका कारण विस्थापित भई हाल तारुकाघाट उप-स्वास्थ्य चौकीबाट पठनपाठन सञ्चालन गरिरहेको विद्यालयलाई स्मार्ट टिभी, स्पिकर, चार थान स्ट्यान्ड फ्यान, ECD बुक सेट, कापी, पेन्सिल, बोर्ड/चार्टलगायत सामग्री आइतबार विद्यालयमै पुगेर प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)