मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत
nepalpress.com · Mon Sep 14 05:35:43 GMT 2026

सप्तरी । त्रिशूली- ३ ‘ए’ को सुरुङबाट १०औँ दिनमा जीवित उद्धार गरिएका प्राविधिक सञ्जय साह शुक्रबार साँझ घर पुगेका छन् । तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह ८ दिनको अस्पताल बसाइपछि गाउँ फर्किए ।
बाढीमा परेर ९ दिनसम्म सम्पर्कविहीन साहलाई १०औँ दिन त्रिशूली ३ ‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो । एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)