पहिरोले स्थानीय त्रसित
gorkhapatraonline.com · Mon Sep 14 05:43:02 GMT 2026

उदयपुरको बेलका नगरपालिका–८, बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रबार रातिदेखि गएको पहिरो मन्द गतिमा तलतिर निरन्तर बगिरहँदा स्थानीयमा त्रास फैलिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवालले घटनास्थलबाट दिनु भएको जानकारी अनुसार करिब डेढ किलोमिटर जति पहाड पूरै धाँजा परेर जमिन फाटेकोले त्योभन्दा तलतिरको गाउँ र बस्तीमा त्रास फैलिएको हो । डाँडामाथिको जमिनको धरातल फुटेर चिरा चिरा परेर क्रमशः बग्दै जान थालेपछि जोखिम बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)