मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली श्रमिकले पनि काम गर्ने कतारको रास लफान ग्यास प्लान्टमा विस्फोट, १८ जना बेपत्ता, ५४ घाइते

shilapatra.com · Mon Jun 22 06:25:00 GMT 2026

नेपालीसहित भारतीय र बंगलादेशी श्रमिक कार्यरत कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा गएराति विस्फोट भएको छ । विस्फोटमा परेर १८ जना बेपत्ता भएको तथा ५४ जना घाइते भएको कतारको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ ।

बेपत्ता भएका १८ जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत आन्तरिक मन्त्रालयले बिहान ४ बजेदेखि नै बेपत्ताहरूको खोजीका लागि अभियान चलाएको उल्लेख गरेको छ ।

विशेषगरी यो ग्यास प्लान्टमा नेपाली, भारतीय र बांगाली नागरिक कार्यरत रहेको भए पनि बेपत्ता वा घाइते हुने व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छैन ।

सार्वजनिक सुरक्षामा खतरा हुनेगरी ग्यास चुहावट नभएको भन्दै मन्त्रालयले विस्फोटको कारण सुरुवाती सञ्चालनका क्रममा भएको प्राविधिक दुर्घटना रहेको बताइएको छ । विस्फोट हुनासाथ आपत्कालीन टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार इनर्जीले उल्लेख गरेको छ ।

यो कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन केन्द्र हो । धेरैजसो यो क्षेत्रमा नेपाली श्रमिक स्काफ फोल्डिङको काम गर्छन् । यहाँसप्लाइ कम्पनीमार्फत सयौँ श्रमिकहरू पनि आपूर्ति गर्ने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१२:१०

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)