खगोलीय विज्ञान र अधिकमास
gorkhapatraonline.com · Sat Jun 06 01:25:55 GMT 2026

हामी सूचना–प्रविधि हुँदै कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा छौँ । लगभग हामी सबैको हातहातमा स्मार्ट फोन छ, इन्टरनेट उपलब्ध छ । कुनै कुरा चाहियो वा अन्योल भयो हामी सोध्छौँ गुगललाई । हाम्रो जीवनको तत्क्षणको गुरु नै भएको छ गुगल । कसैले तिमीकहाँ छौँ ? भनी सोध्यो भने हामी पठाउन सक्छौँ आफू बसेको स्थानको जानकारीसहितको नक्सा । मौसम कस्तो होला ? आजको मात्र होइन, हप्ता दिनसम्मको, आफू बसेको ठाउँको मात्र होइन्, संसारको सबै जान्न चाहेको ठाउँको पाउँछौँ ।
अब हामी एकैछिन आफूलाई आजभन्दा एक सय वर्षअघिको समयमा लैजाऔँ । आजभन्दा ५०–६० वर्षअघि काठमाडौँ, पोखरा वा विराटनगरको तस्बिर हेर्दा हामीलाई कस्तो लाग्छ ? आफैँले देखे भोगेको दुई–तीन दशकअघिको अवस्था सम्झँदा हामीले के पाउछौँ ? यसै आधारलाई मानक राखेर हामीले कुनै पनि बेलाका बारेमा समीक्षा गर्नु छ भने तत् तत्क्षणको अवस्थाको धरातलीय वस्तुस्थितिमा वैज्ञानिक आधारमा आफूलाई राखेर हेर्नुपर्ने हुन्छ । अनि मात्र ती गतिविधिप्रति निष्पक्ष हिसाबले न्याय गर्न सक्छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)