मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग

ratopati.com · Mon Jun 22 06:36:28 GMT 2026

नयाँ दिल्ली । भारतमा मजाक र निराशाबाट जन्मिएको जेनजी राजनीतिक अभियान कक्रोच जनता पार्टी (सीजेपी)का समर्थकहरूले भारतका शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै राजधानी नयाँ दिल्लीमा धर्ना जारी राखेका छन् । प्रहरीको निर्देशनको अवज्ञा गर्दै प्रदर्शनकारीहरू सडक र फुटपाथमै रात बिताइरहेका छन् ।

जुन महिनाको चर्को गर्मीका बिच सुरु भएको प्रदर्शनमा दोस्रो दिन थप युवाहरू सहभागी भएका छन् । आन्दोलनका नेता अभिजित दिपके भारत फर्किएर सामाजिक सञ्जालमा सीमित आन्दोलनलाई सडकमा ल्याएका छन् । भारतको १ अर्ब ४० करोड जनसङ्ख्यामध्ये झन्डै आधा २५ वर्षमुनिका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)