जोरायलको रैथाने बासमती धान लोकप्रिय बन्दै, संरक्षण र विस्तारमा स्थानीय प्रयास तीव्र
aarthiknews.com

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिन्छन् । विभिन्न संघसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस धानको खेतीतर्फ भट्टलगायतका किसान आकर्षित भएका हुन् ।
पालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँका किसानहरु यतिबेला धमाधम खेत रोपाइँमा व्यस्त देखिन्छन् । जिल्लाको जोरायल गाउँपालिका–३ र ४ का उपत्यका क्षेत्रमा मात्रै लगाइने यो धान पछिल्लो समय बासमती धान लोप हुने अवस्थामा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
मौसम