एमाले कार्यदल बैठक : विशेष महाधिवेशनको विपक्षमा बादल
ratopati.com · Mon Sep 14 05:53:22 GMT 2026

काठमाडौँ । काभ्रेको बल्थली रिसोर्टमा जारी एमाले कार्यदलको बैठकमा दुई प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम लगभग सकिएको छ । आइतबार बिहानदेखि निरन्तर चलिरहेको बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलका दुई प्रतिवेदनमाथि केन्द्रित रहेर सदस्यहरूले आ–आफ्नो धारणा राखेका हुन् ।
धारणा राख्ने क्रम सकिएपछि निष्कर्ष के लेख्ने भन्नेमा नेताहरूबिच छलफल चलिहरेको बुझिएको छ । दुवै प्रतिवेदनलाई मिलाएर एउटै प्रतिवेदन बनाउन भन्दै एमाले नेताहरू शनिबार नै आवासीय बैठकका लागि काभ्रे पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)