डिजिटल भुक्तानीमा १० प्रतिशत भ्याट छुट, टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गरिने
ictsamachar.com

काठमाडौं । सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल माध्यमबाट खरिद गर्दा उपभोक्तालाई १० प्रतिशत भ्याट छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गरी भुक्तानी गर्ने उपभोक्तालाई तत्काल १० प्रतिशत भ्याट छुट प्रदान गर्ने नीति ल्याइने बताएका छन् । हाल उपभोक्ताले खरिदमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)