कर्मचारी सञ्चय, नागरिक लगानी र सामाजिक सुरक्षा कोषको रकम स्वास्थ्य पुर्वाधार विकासमा लगानी गरिने
clickmandu.com · Fri May 29 11:15:55 GMT 2026

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकिस्ता विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसरी विश्वविद्यालयमा विकास गरी विदेशी विद्यार्थीलाई समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउने घोषणा गरे ।
पब्लिक प्राइभेट पार्टरसिप प्रोग्राम अन्तरगत सातवटै प्रदेशको प्रमुख सरकारी अस्पताललाई चरणवद्ध रुपमा शिक्षण अस्पताल र विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रमा विकास गर्ने उनले बताए ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र समाजिक सुरक्षा कोषको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पुर्वाधार, मेडिकल शिक्षा विशिष्ठिकृत सेवा विस्तारमा परिचालन गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)