मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

shilapatra.com · Mon Jun 22 06:43:00 GMT 2026

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

अहिले उनको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उनी दम रोगबाट पीडित थिए ।

२००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीका रूपमा समेत कार्यभार सम्हालिसकेका थिए । कांग्रेस राजनीतिमा उनी सादगी नेताका रूपमा परिचित थिए ।

उनका तीन छोरा र छोरी छन् ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१२:२८

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)