दुई वटा टिपरले च्यापिँदा युवकको मृत्यु
lokaantar.com

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गएराति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसीबीका सहचालकको मृत्यु भएको छ ।
पाँचखाल नपा–८ होक्से घर भएका सहचालक १९ वर्षीय देवेन्द्र तामाङको बा ४ ख ९८२५ नम्बरको टिपरमा बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा ४ ख ९९०९ नम्बरको टिपरको बीचमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)