मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडाध्यक्षमाथि हातपात गरेपछि पत्रकार ऐश्वर्या कुँवर पक्राउ

baahrakhari.com · Mon Jun 22 06:54:19 GMT 2026

काठमाडौं । कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार (असार ७) भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष रवीन्द्र देवकोटामाथि विवाद तथा हातपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

वडा कार्यालयले कञ्चनपुरकै महेन्द्रनगरस्थित होटेल स्वीट ड्रिमको सभाहलमा बालबालिकाका निम्ति नेतृत्व विकाससम्बन्धी तीनदिने तालिम आयोजना गरेको थियो । सोहीक्रममा पत्रकार कुँवरले वडा सदस्य गीता भण्डारी हुँदै वडाध्यक्षमाथि हातपात गरेपछि पक्राउ परेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय