ला लिगा : लास पाल्माससँग रियलको बराबरी
ekantipur.com · Thu Aug 29 23:40:41 UTC 2024
काठमाडौँ — ला लिगा च्याम्पियन रियल म्याड्रिड बिहीबार रातिको खेलमा लास पाल्मासको हातबाट निराशाजनक १–१ को बराबरीमा रोकिएको छ । लास पाल्मासले पाँचौं मिनेटमा अल्बर्टो मोलेरोको गोलले अग्रता लिएको थियो ।
खेलको ६ औं मिनेटमा रियलले पेनाल्टीबाट बराबरी गोल फर्काएको थियो । भिनिसियस जुनियरले उसका लागि गोल गरे । यससँगै लिगमा रियलको अपराजित यात्रा कीर्तिमान ३५ खेल पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)