पाकिस्तानमा राज्य विरोधी सामग्री प्रसार गरेको आरोपमा ११ जना पक्राउ
gorkhapatraonline.com · Fri May 29 11:33:08 GMT 2026

पाकिस्तानको नेसनल साइबर क्राइम इन्भेस्टिगेसन एजेन्सी (एनसिसिआईए) ले पञ्जाबका विभिन्न सहरबाट ११ जना सामाजिक सञ्जाल प्रगोग कर्तालाई राज्य विरोधी प्रचार गरेको र शान्ति भड्काएको आरोपमा पक्राउ गरेको अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले रिपोर्ट गरेको छ ।
एनसिसिआईए पञ्जाबका प्रवक्ताले ती व्यक्ति केही समयदेखि निगरानीमा रहेको र राज्यविरुद्ध सामग्री प्रसारित गर्न विभिन्न सामाजिक सञ्जालमार्फत राज्यका विभिन्न संस्था तथा सेना विरुद्ध अनलाइन अभियान चलाउनमा संलग्न रहेको जनाएको छ । प्रवक्ताले बिहीबार छापा मारेर लाहोरबाट दुई जना, फैसलाबादबाट तीन जना, मुल्तानबाट चार जना र गुजरानवालाबाट एक जनालाई पक्राउ गरेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)