छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने
canadanepal.com · Fri May 29 11:37:13 GMT 2026
काठमाडौँ - सरकारले छात्रवृत्ति कार्यक्रम विस्तार, कला-साहित्य तथा सङ्गीत अध्ययन प्रवर्द्धन र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम घोषणा गरेको छ। यसका लागि विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि रु ८ अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्यालय तहदेखि उच्च शिक्षासम्म अध्ययनरत लक्षित विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रमका लागि रु ८ अर्ब ५ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)