मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजनीति : नागरिक सूचनाको पहिलो पाठशाला

rajdhanidaily.com · Wed Jul 26 23:46:09 GMT 2023

लोकतान्त्रिक चारित्रिक विशेषता भएका विश्वका अनेकन मुलुकलगायत नेपालले पनि नागरिक सूचनाको हकअन्तर्गत राजनीतिक अधिकार एवं पहुँचको अभिवृद्धिलाई आत्मसाथ गर्दै व्यवहारत लागू गर्ने प्रतिबद्धता जाहेर गर्दै आएको पाइन्छ । जसले व्यावहारिक रूपमा राजनीतिको न्यूनत्तम मूल्य–मान्यताप्रति नागरिक समाजलाई पूर्णरूपले जागरूक गराउँदै वर्गीय, क्षेत्रीय, लंैगिक तथा वर्णका आधारमा हुने वा हुनसक्ने सम्भावित भेदभावजन्य परिस्थितिको अन्त्य तथा आत्मनिर्णयको अधिकारसम्बन्धी आधारभूत तथ्यको बोध गराउँदै समानताका आधारमा मुलुकको मूल कानुन प्रदत सवैधानिक अधिकारको प्राप्तिरक्षाको सुनिश्चितता कायम गर्नेछ भन्ने विश्वास लिन सकिनेछ ।

वस्तुतः प्रस्तुत तथ्यगत आधारलाई मूलकेन्द्र बिन्दुमा राखी लोकतान्त्रिक समूहले राजनीतिक आर्थिक तथा संवैधानिक सुरक्षाको प्रत्याभूति दिन सक्षम रहेकै कारण नेपालको लोकतान्त्रिक अभ्यासमा अभ्यासरत राजनीतिक समूहको दूरदर्शीतालाई नागरिक समाजको सूचनाको पहिलो पाठशालाका रूपमा परिभाषित गर्दा त्यति फरक नपर्ला । तदुपरान्त प्राप्त स्वतन्त्रतालाई राज्यलगायत त्यसमा अन्तर्निहित जो कसैले पनि सहजै दुरुपयोग गर्न सक्ने परिस्थितिको अन्त्य हुनेछ । उक्त कार्य व्यवहार निःसन्देह लोकतान्त्रिक राज्यव्यवस्थाको अवधारणामा मात्र सम्भव रहने तथ्यगत विशेषतालाई कुनै पनि हालतमा गलत अर्थ लगाउन भने मिल्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)