सरकारले सीसी क्यामरासहितको ब्लुबस सञ्चालन गर्ने
annapurnapost.com · Fri May 29 11:33:20 GMT 2026

काठमाडौं : सरकारले महिलाहरूका लागि आधुनिक ब्लुबस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लुबस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे ।
आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउने भन्दै उनले सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रूपमा सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड विनियोजन गरेको उनले जानकारी दिए । राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने र पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारु गर्न रु तीन अर्ब सत्र करोड विनियोजन गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)