तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिर (फोटो फिचर)
gorkhapatraonline.com · Mon Jun 22 07:15:11 GMT 2026

संखुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङ्टारस्थित अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिरमा भक्तजनहरु दैनिक पूजा आराधना गर्न आउने गरेका छन् । मन्दिर पारी भोजपुरको सडानन्द नगरपालिका दिङ्ला र वारी संखुवासभाके तुम्लिङटार क्षेत्र रहेको छ ।
मनकामना मन्दिरको वारीपारी नै जमुनाका रुखहरु रहेका छन् । गायक खेमराज गुरुङले यहि परिवेशलाई समेटेर वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना बोलको गीत गाउनुभएको छ। समय समयमा मेला लाग्ने यस मन्दिरमा दर्शनार्थीको घुइचो लाग्नेगर्छ । मागेको वर प्राप्त हुने विश्वास गरिने हुनाले टाढाबाट भक्तजनहरु दर्शनका लागि आउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)