मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पुराना ईभी ब्याट्रीको नयाँ प्रयोगः बन्न सक्छन् एआईको ऊर्जा समस्या समाधान गर्ने सहारा

techpana.com · Mon Jun 22 07:09:17 GMT 2026

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डेटा सेन्टरहरू सञ्चालन गर्न लाग्ने बिजुलीको महसुल अत्यधिक छ र यो निरन्तर बढिरहेको छ । लार्ज ल्याङ्ग्वेज मोडल र ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) क्लास्टरहरूलाई धान्नका लागि विशाल प्रकृतिका ‘हाइपरस्केल’ सुविधाहरू तीव्र रूपमा थपिँदै छन् । एआईका कारण पावर ग्रिडहरूमा ठुलो दबाब पैदा भइरहेको छ । यसले बिजुलीको महसुल दरलाई लिएर विवादहरू निम्त्याएको छ भने इतिहासकै सबैभन्दा बढी ऊर्जा खपत गर्ने यस्ता सुविधाहरूलाई कसरी बिजुली आपूर्ति गर्ने भन्नेबारे विद्युत प्रदायक संस्थाहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ ।

सस्तो र भरपर्दो बिजुलीको खोजी अहिले डेटा सेन्टरहरू निर्माण गर्ने होडबाजी जत्तिकै महत्त्वपूर्ण बन्न पुगेको छ । यसको एउटा सम्भावित समाधान विद्युतीय सवारीसाधन (ईभी) का थन्किएर बसेका ब्याट्रीहरू बन्न सक्ने फोर्ब्समा प्रकासित रिपोर्टमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)

सम्बन्धित विषय