मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सरकार गठनको तीन महिना नपुग्दै नेपाल पुनः ग्रे लिस्टमा

bishowkhabar.com · Mon Jun 22 07:14:23 GMT 2026

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरो सूची (ग्रे लिस्ट)बाट बाहिर निस्किन फेरि असफल भएको छ ।

फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपाललाई खैरो सूचीमै कायम राख्ने निर्णय गरेको हो ।

यसअघि सन् २००८ मा खैरो सूचीमा परेको नेपाल सन् २०१४ मा मात्र उक्त सूचीबाट बाहिरिएको थियो ।

एफएटीएफले नेपाललाई कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली सुदृढीकरण तथा जोखिमयुक्त क्षेत्रको प्रभावकारी नियमनमा थप सुधार गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय