मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

'भद्र सहमति' गर्दै 'अभद्र व्यवहार ' किन गरेको होला ?

arthasansar.com

बैकिङ्गको निक्षेप रकममा अपेक्षित सुधार भएको छैन। गत आर्थिक बर्षको आषाढ महिनामा अपेक्षित रकम निक्षेपमा थप भएन भने यस आर्थिक बर्ष को पहिलो महिनामा गत बर्षहरु भन्दा बढिले निक्षेप घट्यो। सरकारले आर्थिक बृद्दिदर ८% राख्यो अनी मौद्रिक नितीले पनी सकारात्मक अपेक्षाका साथ मौद्रिक निती जारी गर्नुपर्ने स्थीती समेत श्रृजना भयो।

ढिलो गरी बजेट पेस तथा पास गरेका बैक तथा बित्तीय संस्था सबैले सकारात्मक सोचका साथ बजेट तयार पारेर 'ड्राफ्ट बजेट' संचालक समितिमा पेश गरे, संचालक समितिले 'धर्म ' निभाउदै अझै अली थप्न निर्दैशन दियो फेरी थपेको बजेटमा थपथाप पारेर ब्यबस्थापनले शाखा र प्रादेशिक कार्यालय लाई बजेट टार्गेट दियो। सबैलाई थाहा छ श्रावणमा निक्षेप घट्छ तर सबै बैक तथा बित्तीय संस्थाले असार भन्दा श्रावणमा थप ब्यबसाय बृद्दि हुने गरी बजेट पारित गरे।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)