दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
barnanmedia.com · Mon Feb 10 21:47:51 GMT 2025

काठमाडौँ, २९ माघः हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्नुभएको छ ।
सोमबार नयाँ उपकरणको उद्घाटन गर्नुभएका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिक्नुभएका उहाँले नौ महिना पहिला उद्योग सुरु गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)