मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

barnanmedia.com · Mon Feb 10 21:51:48 GMT 2025

काठमाडौँ, २९ माघः गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ ।

बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)