मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

nepalnews.com · Mon Jun 22 05:13:30 GMT 2026

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोलामा २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार बढेर ४ हजार ७३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय