मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द

rajdhanidaily.com · Mon Jun 22 07:28:48 GMT 2026

धनगढी । बढ्दो गर्मी र लूका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा ४ दिन पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आज असार ८ गते जारी गरेको सूचनामा भोलि असार ९ गतेदेखि असार १२ गतेसम्म अध्ययन-अध्यापन कार्य नगर्न नगरका सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई अनुरोध गरिएको छ ।

सूचनामा विगत केही दिनदेखि बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकाले सोको प्रतिकूल असरलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख छ ।

शिक्षा अधिकृत जयराज जोशीद्वारा हस्ताक्षरित सूचनामा यो बिदा पछि वर्षे बिदासँग मिलान हुने गरी मिलाइएको जनाइएको छ । साथै उपमहानगरले सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई गर्मी एवं लूबाट बच्न सावधानीका उपायहरू अवलम्बन गर्न समेत अनुरोध गरेको छ ।

गत केही दिनयता सुदूरपश्चिममा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस नाघेपछि विद्यालय जाने विद्यार्थीहरू घाम र गर्मीबाट प्रत्यक्ष प्रभावित भइरहेका छन् ।

सम्बन्धित समाचार

रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी दोहोरिए

हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु

पवित्र धार्मिक स्थल गन्याप शिखर पुग्ने पदमार्ग निर्माण हुँदै

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

६ वर्षसम्म बनेन् बुडर–जोगबुडा सडक खण्डको खप्वाखोला पुल

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय