आईपीओ ल्याउने तयारीमा मारुती सिमेन्ट, ९ महिनामा गर्यो पौने ४ अर्बको कारोबार
clickmandu.com · Mon Jun 22 07:33:55 GMT 2026

काठमाडौं । मारुती सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ३ अर्ब ८७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ९३ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा २५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीअनुसार गत आवमा उच्च परिमाणमा बिक्री भएको र मूल्यमा पनि वृद्धि हुँदा कारोबारमा वृद्धि भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ