मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम : तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

bishowkhabar.com · Mon Jun 22 07:31:37 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ ।

विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने तापमान बृद्धिको अनुमान गरिएको छ ।

देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रछ ।

पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

विभागका अनुसार, काठमाडौं उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ ।

उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

यता धनगढीमा ३८ देखि ४० र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

वीरगञ्ज, भैरहवा र घोराहीमा गर्मी र चर्को घाम रहने छ ।

विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक काम बाहेक दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन तथा जन स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय