मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

ratopati.com · Sat Jun 06 01:27:29 GMT 2026

पाँचथर । सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या आएको हो ।

पूर्वी पहाडलाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत्का सडकमा आठ वटा खोलामाथि पुल निर्माण भइरहेका छन् । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमामा पर्ने हेँवा खोला र पाँचथर र धनकुटा जिल्लाको सीमामा पर्ने नावा खोलामा बाढीले अवरोध सिर्जना हुँदै आएको छ । दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्‍याउँदै आएको हो । केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीका साधन पार गर्न सक्दैनन । दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाट पार गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)