मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरहरा अवलोकनको समय बढाइयो, तीन महिना नपुग्दै डेढ करोड भन्दा बढी राजस्व उठ्यो

deshsanchar.com · Mon Feb 10 22:45:34 GMT 2025

काठमाडौँ- गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।

यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)