मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वसम्मतिमा पारित प्रतिवेदनमाथि सरकारकै संशोधन

rajdhanidaily.com · Mon Feb 10 23:22:59 GMT 2025

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनीहरूले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको विधेयकलाई बेवास्ता गरी बहुमतका आधारमा पारित गरेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भए पनि संशोधन हाल्नुले गलत नजिर स्थापना भएको भन्दै आपत्ति जनाए । बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विधायन विधेयक, २०८१ मा संख्याको बलमा विधेयक पारित गरेर संसद्लाई नै कमजोर बनाएको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)