बझाङमा च्याउ टिप्न गएका युवक ६ दिनदेखि बेपत्ता
bishowkhabar.com · Mon Sep 14 06:49:08 GMT 2026

काठमाडौं– बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का ६ दिनदेखि बेपत्ता भएका छन् ।
खड्का भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका थिए । साँझसम्म घर फर्किने बताएर निस्किएका उनी अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)