मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा

nepallive.com · Mon Jun 22 07:27:01 GMT 2026

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उनी दम रोगबाट पीडित थिए ।

खरेलको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । खरेलको आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१३:१२

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)