दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर कहाँ पुग्यो ?
barnanmedia.com · Mon Sep 14 06:46:48 GMT 2026

कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ । अवरुद्ध सडक १५ औं दिनमा हिजो साँझबाट खुलेको छ । प्राथमिकता साथ ग्यास बोकेका बुलेट गाडीहरु उपत्यका छिर्दैछन् ।
नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो । तर, उपत्यकमा ग्यास नपाएर सर्वसाधरण लामो लाइनमा बस्न बाध्य छन् । ग्यास आपूर्ति सहज बनाउन नसक्दा उद्योग मन्त्रीले राजिनामा समेत दिए । उचित ब्यवस्थापन गर्न नसक्दा बालने सरकारको ब्यापक आलोचना बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)