गर्मी बढेपछि धनगढीको विद्यालयमा चार दिन बिदा
gorkhapatraonline.com · Mon Jun 22 07:40:25 GMT 2026

कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पालिकाले असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो । बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरेर बर्खे र हिउँदे बिदाबाट मिलान गर्नेगरी बिदा दिएको शिक्षा अधिकृत जयराज जैशीले बताउनुभयो ।
साथै, तातो हावाबाट बच्न सावधानीका उपायहरु अबलम्वन गर्न पनि धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)