मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकता प्रक्रिया थाल्ने वाम समाजवादी दलको सक्रियता

rajdhanidaily.com · Thu Dec 01 23:26:05 GMT 2022

काठमाडौं । विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता संयोजन समिति गठन गरेर पार्टी एकताको कार्यलाई अन्तिम रूप दिने तयारीमा शीर्ष नेता जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा राष्ट्रिय एकता अभियानका बीचमा पार्टी एकताका लागि गृहकार्य भएको हो । पार्टी एकतामा केही साना कम्युनिस्ट पार्टीसहित स्वतन्त्र समूहसमेत सहभागी हँुदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)