विभेद छिचोल्दै ‘हेडमिस’
ekantipur.com · Tue Mar 08 00:51:42 GMT 2022
झापा — पूर्वी पहाड भोजपुरको दुर्गम गाउँ दावाको विपन्न दलित परिवारमा २०२१ सालमा जन्मिइन् लीला मिजार । ठीक त्यहीताका सुदूरपूर्वी झापा बाहुनडाँगीको तेलपानीमा बन्दै थियो, जनता माध्यमिक विद्यालय । अहिलेसम्म ११ जना ब्राह्मण पुरुष प्रधानाध्यापक बनेको विद्यालयको नेतृत्वमा छिन् लीला ।
जिल्लाकै एक्ली दलित महिला ‘हेडमिस’ लीलाको बाल्यकाल र शैक्षिक यात्रा भने निक्कै कठिन थियो । सानैमा बाबु बिते । दाजु–भाइ, दिदी–बहिनी धेरै थिए । ती सबै हुर्काउने, पढाउने जिम्मा एकल आमाको काँधमा आयो । विद्यालय पठाउन चेतना र योजना परिवारमा थिएन । तर उनी आफ्नै रहर र लगनले स्वस्थानी कथासमेत लय मिलाएर पढ्न सक्ने भइन् । भारत गएका लाहुरे दाजुलाई चिठी लेख्न थालेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)