मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु

ratopati.com · Mon Jun 22 07:49:33 GMT 2026

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

​केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा शनिबार उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)