लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार बस्नेगरी स्थगित
gorkhapatraonline.com · Mon Jun 22 07:47:20 GMT 2026

लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार दिउँसो १ः०० बजे बस्नेगरी पूर्व निर्धारित आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो।
सूचनामा जनाइएअनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार ९ गते मंगलबार दिउँसो ३ः०० बजे बस्नेगरी तय गरिएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगितसम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)