उच्चपदस्थ कर्मचारीको घर जोगाउन सिंहदरबारको ४२ रोपनी जग्गा गायब, बालेन सरकारलाई अत्तो न पत्तो
bishowkhabar.com · Mon Jun 22 07:46:42 GMT 2026

काठमाडौं– सरकारी पूर्वकर्मचारीको निजी घरजग्गा जोगाउने नाममा सिंहदरबारको ४२ रोपनी ६ आना जग्गा सार्वजनिक बाटोमा समावेश भएको तथ्य बाहिरिएको छ ।
पूर्वसचिव रामबहादुर रावलको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनले २०४७ सालतिर सडक विस्तारका क्रममा सिंहदरबार क्षेत्रको ठूलो भूभाग बाटोमा परिणत गरिएको खुलासा गरेको हो ।
प्रतिवेदनअनुसार सिट नम्बर ११०५/२० अन्तर्गत पर्ने ६९३ रोपनी ९ आनामध्ये ४२ रोपनी ६ आना जग्गा सडक विस्तारका नाममा गुमाइएको थियो ।
सिंहदरबार विस्तारका लागि २०३९ सालमै गुरुयोजना बनाइए पनि त्यसविपरीत निर्णय गर्दै तत्कालीन सरकारले व्यक्तिगत जग्गा जोगाउने गरी सडक विस्तार गरेको पाइएको छ ।
विशेषगरी अनामनगरदेखि न्यूप्लाजासम्मको क्षेत्रमा सडक बनाउँदा सरकारी मापदण्डअनुसार दुवैतर्फबाट बराबरी जग्गा लिनुपर्ने थियो ।
तर, उच्चपदस्थ कर्मचारीको निजी सम्पत्ति जोगाउन सम्पूर्ण जमिन सिंहदरबारतर्फबाट मात्र लिइएको आयोगको निष्कर्ष छ ।
यस प्रक्रियामा तत्कालीन सचिवहरूकै सक्रिय भूमिकाले गुरुयोजना उल्टिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ