मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

ratopati.com · Sat Nov 29 19:18:00 GMT 2025

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको पुल बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटा तथा १०३ वर्षीया स्थानीय वृद्धा सरस्वती अर्यालले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले सङ्घीय व्यवस्थाले जनताका लागि धेरै काम गर्न थालेको चर्चा गरे । निर्वाचन घोषणा भइसकेको अवस्थामा मतदाताले आफूलाई मन परेका पार्टी र उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्न सक्ने अवसर लोकतन्त्रको सबैभन्दा ठुलो उपलब्धि भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)