आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान
corporatenepal.com · Fri May 29 12:20:09 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशको आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन, लगानी र आर्थिक गतिविधिमा सुधार आउने अपेक्षासहित यस्तो लक्ष्य निर्धारण गरिएको जानकारी दिए ।
हालको आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । सरकारले आगामी वर्ष अर्थतन्त्रलाई थप चलायमान बनाउँदै मुद्रास्फीति नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ । सोहीअनुसार मूल्यवृद्धि दर ६ प्रतिशतभन्दा तल कायम गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)