मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

nagariknews.nagariknetwork.com · Mon Jun 22 07:51:06 GMT 2026

चितवनमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ। गए राति १ः४० बजे भरतपुर महानगरपालिका १५ स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ख ५८१६ नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको बा.प्र. ०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठक्कर खाँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० मा बसोबास गर्दै आएका १९ वर्षीय राजिब गुरुङ रहेका छन्।

दुर्घटनामा स्कुटर चालक भण्डारी र पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा आज बिहान करिब ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)