रास्वपाको ‘ऐतिहासिक महाधिवेशन’ अमरेश सिंहद्वारा अघोषित बहिष्कार, किन छन् असन्तुष्ट ?
nepalpress.com · Mon Jun 22 07:55:05 GMT 2026

जनकपुरधाम । चितवनमा जारी सत्तारुढ रास्वपाको महाधिवेशनमा चर्चित नेता तथा सांसद अमरेशकुमार सिंह अनुपस्थित भएका छन् । पछिल्लो समय सरकारको नेतृत्वसँग असन्तुष्ट सुनिएका नेता सिंहले रास्वपाको पहिलो महाधिवेशन अघोषित बहिष्कार गरेका हुन् ।
सर्लाहीको क्षेत्र ४ बाट कांग्रेसका सभापति गगन थापालाई चुनावमा भारी मतान्तरले हराएका सिंह महाधिवेशनमै नआउनु स्वाभाविक होइन । सोमबार सार्वजनिक भएको मधेशका महाधिवेशन प्रतिनिधिको सूचीमा पनि उनको नाम छैन । यद्यपि, रास्वपाका सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । त्यसैले सिंहलाई महाधिवेशनमा भाग लिन प्राविधिक समस्या थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)