अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने
kendrabindu.com · Mon Sep 14 07:06:31 GMT 2026

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)