नेतान्याहूको स्पष्टीकरण: म ट्रम्पको इसारामा चल्दिनँ, इजरायल आफ्नै निर्णय गर्छ
lokaantar.com
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश वा इसारामा चल्ने नगरेको प्रष्ट पारेका छन्। जेरुसेलममा आयोजित एक विशेष शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री नेतान्याहूले अमेरिका र इजरायलका जनतामा रहेको भ्रमलाई चिर्ने प्रयास गरेका हुन्।
शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहूले भने, 'अमेरिकाका मानिसहरू भन्छन् कि राष्ट्रपति ट्रम्पले मैले भनेको कुरा गर्छन् । इजरायलका केही मानिसहरू सोच्छन् कि म ट्रम्पले चाहेको कुरा गर्छु। तर दुवै गलत छन्।'
उनले इजरायल र अमेरिका निकै नजिकका सहयोगी मित्र राष्ट्र भए तापनि दुवै देशका आ-आफ्नै स्वार्थहरू रहेको र हरेक मुद्दामा दुवै देश सहमत हुन नसक्ने प्रष्ट पारे।
उनले इजरायली सेना आवश्यक भएसम्म दक्षिणी लेबनानमै तैनाथ रहने स्पष्ट पारे। अमेरिका र इरानबीच पुनः वार्ता शुरू भइरहेका बेला नेतान्याहूले इरानको परमाणु कार्यक्रमप्रति इजरायलको कडा रुख यथावत् रहेको बताए।
इरानलाई लक्षित गर्दै उनले अगाडि थपे, 'इजरायलले इरानलाई आणविक हतियार प्राप्त गर्न दिने छैन। मेरो सरकारले यस मुद्दामा कुनै पनि सम्झौता गर्नेछैन।' सुरक्षाको यो संवेदनशील मामिलामा इजरायलले कसैसँग पनि सम्झौता नगर्ने दृढता व्यक्त गर्दै उनले आवश्यक परेको समयसम्म आफ्ना सैनिकहरू दक्षिणी लेबनानमै रहने निर्णय दोहोर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
डोनाल्ड ट्रम्प