मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हवाई सुरक्षाबारेको टिकाटिप्पणीप्रति ध्यानाकर्षण

aarthiknews.com

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष मनोज कार्कीले आज विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशिल विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिकाटिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएकोहो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले निर्दिष्ट गरेको प्रावधान अनुरुप सङ्घ र यसका सदस्य वायुसेवा कम्पनीहरु तथा प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)